• Menu

वैदेशिक व्यापार ४० प्रतिशतले बढ्यो, आयातमा ३८ प्रतिशत र निर्यातमा ५७ प्रतिशतको वृद्धि

नेपाल प्रफिट

२०८३ कात्तिक ११, बुधबार १५:३४

वैदेशिक व्यापार ४० प्रतिशतले बढ्यो, आयातमा ३८ प्रतिशत र निर्यातमा ५७ प्रतिशतको वृद्धि

काठमाडौं । वैदेशिक व्यापार उच्च दरमा बढेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार वैदेशिक व्यापार ४० प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा ५ खर्ब ४० अर्ब रुपैयाँको वैदेशिक व्यापार भएकोमा चालु आव २०८३/८४ को सोही अवधिमा ७ खर्ब ६१ अर्बको व्यापार भएको हो । यो वृद्धि ४०.७१ प्रतिशत हो ।

समीक्षा अवधिमा आयात ३८.१८ प्रतिशतले बढेर ४ खर्ब ६८ अर्बबाट ६ खर्ब ४६ अर्ब नाघेको छ भने निर्यात ७२ अर्ब ७८ करोडबाट ५७.०३ प्रतिशत बढेर १ खर्ब १४ अर्ब पुगेको छ । यससँगै वैदेशिक व्यापारमा निर्यात हिस्सा १३.४६ प्रतिशतबाट बढेर १५.०२ प्रतिशत पुगेको छ भने आयात हिस्सा ८६.५४ प्रतिशतबाट घटेर ८४.९८ प्रतिशतमा झरेको छ ।