• Menu

पीडितको हितमा सरकारले सक्दो प्रयास गरिरहेको छ : मन्त्री पौडेल

नेपाल प्रफिट

२०८३ असोज २७, मंगलबार १६:४१

पीडितको हितमा सरकारले सक्दो प्रयास गरिरहेको छ : मन्त्री पौडेल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक पौडेलले बाढीपीडित नागरिकको दुःखप्रति सरकार संवेदनशील रहेको र उनीहरूको हितमा उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरेर काम गरिरहेको बताएका छन् ।

बौद्धस्थित सेतो गुम्बामा भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सरकार आफ्नो क्षमता, दक्षता, जनशक्ति र उपकरणको अधिकतम उपयोग गर्दै पीडितको हितमा लागिरहेको बताए ।

‘सरकार पीडित सबै नागरिकको दुःखप्रति अत्यन्त संवेदनशील छ। सरकार आफ्नो क्षमता, दक्षता, उपलब्ध जनशक्ति, उपकरण र आफूसँग भएका सबै स्रोतसाधनको सक्दो उपयोग गरेर पीडितको हितमा लागिरहेको छ,’ उनले भने।

मन्त्री पौडेलले विभिन्न व्यक्तित्व तथा रिन्पोछेहरूको आशीर्वाद प्राप्त भएकाले कठिन परिस्थितिमा पनि आफूहरू बलियो भएर उभिन सकेको उल्लेख गरे ।

कार्यक्रममा थाइल्यान्डबाट आलोका कुकुरसहित आएका बौद्ध भिक्षुहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा भोटेकोशी बाढीमा परी दिवंगत भएकाहरूको स्मरण गरिएको थियो।

सम्बन्धित समाचार