• Menu

पर्साको सीमा क्षेत्रबाट गाँजा र ब्राउनसुगरसहित दुई जना नियन्त्रणमा, भरुवा बन्दुक पनि बरामद

नेपाल प्रफिट

२०८३ असोज २७, मंगलबार ११:२७

पर्साको सीमा क्षेत्रबाट गाँजा र ब्राउनसुगरसहित दुई जना नियन्त्रणमा, भरुवा बन्दुक पनि बरामद

पर्सा । सशस्त्र प्रहरी बल, नेपाल १३ नम्बर गण पर्साले प्रतिवन्धित लागुऔषध गाँजासहित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुरज क्षेत्रीका अनुसार सुरक्षा टोलीले नेपालबाट भारतर्फ गइरहेका बारा जिल्ला बारागढी गाउँपालिका-३ का जमिल अख्तर मियाँले झोलामा लुकाइछिपाइ लैजान लागेको चार केजी ८५ ग्राम गाँजासहित नियन्त्रणमा लिएको थियो । निजलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय पठाइएको जानकारी दिइयो ।

त्यस्तै भारतबाट नेपालतर्फ पैदलयात्रमा रहेको बारा विश्रामपुर गाउँपालिका-५ शेख सहजातको शरीर खानतलासी गर्दा कालो प्लास्टिकमा रहेको लागुऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ चार ग्राम ८४० मिलीग्रामसहित बरामद भएको थियो ।

यसैबीच, पर्सा प्रहरीले १२ बोरको भरुवा एक नाल बन्दुक बरामद गरेको छ । वीरगन्ज महानगरपालिका-२२ स्थित धान खेतमा लुकाइराखेको अवस्थामा सो बन्दुक बरामद गरेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । रासस