काठमाडौँ । सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ४४ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४५ हजार चार सय रुपैयाँ निर्धारण भएको हो ।
त्यस्तै शुक्रबार प्रतितोला एक लाख ४३ हजार सात सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४४ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।
यसअघि जेठ २५ गते हालसम्मकै उच्च मूल्य एक लाख ४५ हजार रूपैयाँमा सुनको कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । शुक्रबार प्रतितोला एक हजार ८७० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार ८९० रुपैयाँ कायम भएको छ ।