• Menu

१२ वर्षदेखि अवरुद्ध हेटौंडा-ढल्केबर प्रसारणलाइन निर्माणको ऊर्जामन्त्रीद्वारा अनुगमन

नेपाल प्रफिट

२०८३ असोज १८, आइतबार १३:३७

१२ वर्षदेखि अवरुद्ध हेटौंडा-ढल्केबर प्रसारणलाइन निर्माणको ऊर्जामन्त्रीद्वारा अनुगमन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौंडा-ढल्केबर ४०० केभी सब-स्टेसनको निरीक्षण गरेका छन् ।

मन्त्री श्रेष्ठको निजी सचिवालयका अनुसार सबस्टेसनमा निर्माणाधीन हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइनका दुई वटा ‘मल्टिसर्किट टावर’ बारे उनले जानकारी लिएका छन् ।

मन्त्री श्रेष्ठले देशको ऊर्जा मेरुदण्डको रूपमा रहेको टावरको काम समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।

यो प्रसारण लाइन निर्माण १२ वर्षअघि प्रारम्भ भए पनि विविध कारणले काम अवरुद्ध भएको थियो ।