• Menu

सिद्धार्थ बैंकको सेयरमूल्य समायोजन

नेपाल प्रफिट

२०८३ असोज १६, शुक्रबार ०९:२७

सिद्धार्थ बैंकको सेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ बैंकको शेयरमूल्य समायोजन भएको छ। बैंकले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि सेयरधनी किताब बन्द गरेपछि नेप्सेले १० प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपछि बैंकको सेयरमूल्य ४१८ रुपैयाँ ९ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको सेयरमूल्य समायोजन गरेको हो । बिहीबार दोस्रो बजारमा बैंकको सेयर प्रतिकित्ता ४५९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो ।

बैंकले असोज २८ गते, बुधबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा २५ औँ वार्षिक साधारणसभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।