कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरुसिंगेमा दुध बोकेको ट्यांकर दुर्घटना हुँदा सहचालक आशिष अधिकारी मृत्यु भएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका सहचालक अधिकारीको उपचारका क्रममा चौराहा अस्पताल बुटवलमा निधन भएको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।
स्थानीय पत्थरकोटबाट गोरुसिंगेतर्फ आउँदै गरेको लुप्र ०१-००१ क ०८४५ नम्बरको उक्त ट्यांकर सडक छेउको रुखमा ठोकिएको थियो । ट्यांकर चालक महेशप्रसाद चौधरीलाई भने प्रहरीले नियन्त्रणमा लिइएको छ ।