• Menu

कालापत्थरमा सिटिजन लाइफ इन्स्योरेन्सको लोगोअंकित झन्डा

नेपाल प्रफिट

२०८३ असोज १४, बुधबार १३:२१

कालापत्थरमा सिटिजन लाइफ इन्स्योरेन्सको लोगोअंकित झन्डा

काठमाडौं । सोलुखुम्बुको सगरमाथा आधार शिविरनजिकै पर्ने कालापत्थरमा सिटिजन लाइफ इन्स्योरेन्सको लोगोअंकित झन्डा फहराइएको छ । प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्तान्तरण गरेको कम्पनीको लोगोअंकित झन्डा एजेन्सी म्यानेजर पेमा ग्याल्जिन सेर्पाले कालापत्थरमा फहराएका हुन् ।

बिमाको क्षेत्रमा नयाँ सन्देश दिने उद्देश्यले उनले कालापत्थरमा झन्डा लैजाने प्रतिबद्धता जनाएका थिए । कालापत्थरबाट सगरमाथा, नुप्त्से, ल्होत्सेलगायतका हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।