• Menu

सेयर बजार ९.६२ अंकले घट्यो, कारोबार रकम साढे ४ अर्बमा खुम्चियो

नेपाल प्रफिट

२०८३ असोज १३, मंगलबार १५:४७

सेयर बजार ९.६२ अंकले घट्यो, कारोबार रकम साढे ४ अर्बमा खुम्चियो

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ९.६२ अंक घटेको छ । सो गिरावटपछि नेप्से २६०३ अंकमा कायम भएको छ ।

कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो दिन ५ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब ६५ करोड रुपैयाँमा सीमित भएको छ । आज ६९ कम्पनीको सेयर मूल्य बढ्दा १९९ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

समूहगत रूपमा व्यापार समूह सबैभन्दा धेरै १.८७ प्रतिशत घटेको छ । बैंकिङ ०.१३, विकास बैंक ०.४५, वित्त ०.३२, होटल तथा पर्यटन ०.६५, जलविद्युत ०.५२, लगानी ०.२२, जीवन बिमा ०.३७, उत्पादन तथा प्रशोधन ०.५० र लघुवित्त समूह ०.५५ प्रतिशत घटेका छन् । निर्जीवन बिमा ०.११ र अन्य समूह ०.१२ प्रतिशत बढेका छन् ।

आज सयपत्री हाइड्रोपावरको सेयर मूल्य ६.७९ प्रतिशत, सर्वोत्तम पेन्ट्सको ६.२९ प्रतिशत, हाथवे इन्भेस्टमेन्ट कम्पनीको ३.४६ प्रतिशत र मेन्छियाम हाइड्रोपावरको ३.४० प्रतिशत बढेको छ ।

धौलागिरि लघुवित्तको सेयर मूल्य ४.२३ प्रतिशत, एपोलो हाइड्रोपावरको ४.१४ प्रतिशत, शिखर पावरको ४.०८ प्रतिशत, मान्डु हाइड्रोपावरको ३.७२ प्रतिशत र कालिन्चोक दर्शनको ३.०१ प्रतिशत घटेको छ ।

आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, सिद्धार्थ बैंक, गरिमा विकास बैंक, हाथवे इन्भेस्टमेन्ट कम्पनी, रिलायन्स स्पिनिङ मिल्स र माउन्टेन इनर्जी अगाडि रहेका छन् ।