• Menu

सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल प्रफिट

२०८३ असोज १२, सोमबार १६:४२

सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । सानिमा बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा सोमबार भएको साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले चुक्ता सेयर पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) तथा अग्राधिकार सेयर पुँजीको ८.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाबाट शेयरधनीको तर्फबाट तेजबहादुर चन्द र महेश घिमिरे सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् ।

बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५५ करोड रुपैयाँ खुद मुनाफा आर्जन भएको छ । सो अवधिमा बैंकको कुल सम्पत्ति २ खर्ब ९१ अर्ब २१ करोड, कुल निक्षेप २ खर्ब ४९ अर्ब ९३ करोड तथा खुद कर्जा सापटी २ खर्ब ३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १०.८४ प्रतिशत, ११.१९ प्रतिशत र १०.५० प्रतिशत वृद्धि भएको बैंकले जनाएको छ ।

असार मसान्त २०८३ सम्म बैंकको निष्क्रिय कर्जा अनुपात २.७८ प्रतिशत, पुँजीकोष अनुपात १२.८३ प्रतिशत, तरलता ३०.५८ प्रतिशत तथा कर्जा-निक्षेप अनुपात ७०.७७ प्रतिशत रहेको बैंकले जनाएको छ ।