काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघमा अर्जुन रसाइलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । असार १४ र १५ गते काठमाडौंमा आयोजना भएको महासंघको ९औं, १०औं र ११औं बार्षिक साधारण सभा तथा चौथो महाअधिवेशनले रसाइलीको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्य समिति निर्विाचित भएको हो ।
शनिबार भएको निर्वाचनमा ४४६ मतदाता थिए । त्यसमध्ये ४३५ मत खसेको थियो । नवनिर्वाचित अध्यक्ष रसाइलीले २५० मत प्राप्त गरे भने अध्यक्षका अर्का प्रत्यासी महासंघका तृतीय उपाध्यक्ष विपिन रामुदामुले १८४ मत प्राप्त गरेका छन् ।
वरिष्ठ उपाध्यक्षमा दियशरत्न शाक्य, प्रथम उपाध्यक्षमा धर्मसुन्दर बज्राचार्य, द्वितीय उपाध्यक्षमा बुद्धि दियाली, तृतीय उपाध्यक्षमा रुपदल विश्वकर्मा, एसोसिएटस उपाध्यक्षमा पवन सोमानी र महासचिवमा किरणभाइ बज्राचार्य निर्वाचित भए ।
यस्तै कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवमा टुलकप्रसाद विश्वकर्मा र निर्मल दियाली, सहकोषाध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित भएका छन् ।
यस्तै प्रत्येक प्रदेशवाट दुई जनाका दरले निर्वाचित हुने सदस्यमा कोसीबाट राजकुमार गुप्ता र जयप्रकाश गजमेर, मधेसबाट विकासकुमार सारडा र मनोजकुमार सर्राफ, बागमतीबाट प्रकाशचन्द्र शाक्य र जीवन शाक्य, गण्डकीबाट हिमबहादुर विश्वकर्म र विनोदकमार विक, लुम्बिनीबाट भीमसिंह विके र सञ्जय सोनी, कणालीबाट ज्ञानेन्द्रबहादुर विश्वकर्मा र मेघराज सुनार तथा सुदूरपश्चिमवाट गणेशबहादुर सुनार र रमेशबहादुर सुनार निर्वाचित भए ।
यस्तै नगर संघवाट विमलकुमार बेगवानी, टिकाराम लामगादे र दिनेश साह सोनार निवाचित भएका छन् । खुला सदस्यतर्फ निर्वाचित हुनेमा जीवनज्योति विश्वकर्मा, राजेन्द्र सुनार, चेतनारायण विश्वकर्मा, राजभाइ बज्राचार्य, नरेन्द्र विश्वकर्मा, मनकाजी विश्वकर्मा, लोमकहादुर सुनार, हेमराज शक्य र ताराबहादुर सुनार छन् ।
महिलातर्फ सीता विश्वकर्मा र रितु विश्वकर्मा, वस्तुगतबाट चित्रबहादुर महाल र एसोसिएटसबाट सुजित शाक्य निर्वाचित भए । यसअघि महासंघको नेतृत्व माणिकरत्न शाक्यले गरेका थएि । कार्यसमितिका बाँकी सदस्य र विशिष्ट सदस्य अध्यक्ष तथा कार्यसमतिले चयन गर्नेछ ।