• Menu

सुनको मूल्य एकैपटक तोलामा २७ सय घट्यो, कतिमा हुँदै छ कारोबार ?

नेपाल प्रफिट

२०८१ असार ९, ११:२९

सुनको मूल्य एकैपटक तोलामा २७ सय घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । सुनको मूल्य आइतबार प्रतितोला दुई हजार सात सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आजका लागि एक लाख ४२ हजार रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजारमा कारोबार भएकोमा आजका लागि एक लाख ४१ हजार तीन सय निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार आठ सय १५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।