• Menu

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल-चीन सीमा क्षेत्रमा दुई वटा सीसी क्यामेरा जडान सुरु

नेपाल प्रफिट

२०८३ भदौ १५, सोमबार १६:३३

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल-चीन सीमा क्षेत्रमा दुई वटा सीसी क्यामेरा जडान सुरु

काठमाडौं । नेपाल-चीन सीमा क्षेत्रमा दुई वटा सिसी क्यामेरा जडान गरिने काम  सोमबार बाट सुरू गरिएको छ । भोटेकोशी बाढीपछि  बनेको ताल जुनसुकै बेला फुट्न सक्ने सम्भावना रहेकाले त्यसबाट हुनसक्ने जोखिमको सूचना लिन सिसी क्यामेरा जडान गर्न लागिएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

बाढीविद् सौहार्द जोशीले क्यामेरा जडानपछि नदीको बहाव तथा सम्भावित जोखिमबारे दृश्य निगरानी गर्न सहज हुने विश्वास व्यक्त गरे ।  यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि जनतालाई पूर्वसूचना दिने उद्देश्यले क्यामेरा जडान गर्न लागिएको हो ।