• Menu

रसुवागढी जलविद्युतको सुरुङभित्र खोजी सम्पन्न, कोही फेला परेनन्

नेपाल प्रफिट

२०८३ भदौ १५, सोमबार १३:११

रसुवागढी जलविद्युतको सुरुङभित्र खोजी सम्पन्न, कोही फेला परेनन्

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण प्रभावित भएको रसुवागढी जलविद्युत आयोजनाको सुरुङभित्र खोजी पूरा भएको छ । त्यहाँ खोजी गर्दा कुनै मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका अनुसार सुरुङ करिब २५० मिटर लम्बाइको रहेकामा खोजी टोली २२५ मिटरसम्म भित्र पुगेको थियो । तर सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्किएको छ । टोलीले सुरुङभित्र ड्रोन प्रयोग गरेर खोजी गरेको थियो ।