• Menu

निफ्राको लाभांश घोषणा

नेपाल प्रफिट

२०८३ भदौ १५, सोमबार ११:१९

निफ्राको लाभांश घोषणा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको भदौ १४ गते बसेको बैठकले सेयरधनीलाई करसहित ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ । सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट प्रस्ताव पारित गरिनेछ । साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् ।