• Menu

भोटेकोशी बाढी : ९४ शव त्रिवि शिक्षण अस्पताल ल्याइयो, ९ जनाको मात्र पहिचान

नेपाल प्रफिट

२०८३ भदौ १५, सोमबार ११:३१

भोटेकोशी बाढी : ९४ शव त्रिवि शिक्षण अस्पताल ल्याइयो, ९ जनाको मात्र पहिचान

काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा गत बुधबार आएको बाढीमा परेर ज्यान गुमाएकामध्ये ९४ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज सोमबार ल्याइएको छ ।

अस्पतालमा ल्याइएका ९४ शवमध्ये ४८ जनाको पोस्टमार्टम भइसकेको र ३७ जनाको पोस्टमार्टम गर्न बाँकी रहेको फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीले बताए ।

अस्पतालमा ल्याएका ९४ शवमध्ये नौ जनाको शवमात्र पहिचान गरि परिवार तथा आफन्तलाई जिम्मा लगाईसकेको छ ।