• Menu

नेप्से परिसूचक ७ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ४० करोड नाघ्यो

नेपाल प्रफिट

२०८३ भदौ ४, बिहीबार १६:१५

नेप्से परिसूचक ७ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ४० करोड नाघ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७.१७ अंकले बढेर २६२९.४० को विन्दुमा पुगेको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८८ अंकले बढेर ४६२.८९ मा पुगेको छ भने फ्लोट सूचक ०.४२ अंकले बढेर १८०.३८ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक ०.५५ अंकले बढेर १५६.३१ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका ९५ लाख ७६६ कित्ता सेयर चार अर्ब ४० करोड १४ लाख नौ हजार ८५८ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये ६ उपसमूहको मूल्य बढ्नुका साथै सात उपसमूहको मूल्य घटेको छ । एक ३२ कम्पनीको सेयर मूल्य बढ्दा १३२ को घट्नुका साथै १३ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार आज सर्वोत्तम पेन्ट्स इन्डिष्ट्रज, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी र एनआईसी एसिया सेलेक्ट फण्डका लगानीकर्ताले कमाएका छन् भने कुमारी धनवृद्धि योजना, कुमारी इक्युटि फण्ड र खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।