
धनुषा । नापजाँच सम्पन्न भएको करिब एक दशकपछि धनुषाको मिथिला बिहारी नगरपालिका-३ का ३१० परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
नापी कार्यालय धनुषाका अनुसार साबिक मिथलेश्वर महुवाही वडा नं. १ देखि ९ सम्म पर्ने स्ववासी जग्गाको नापजाँच आर्थिक वर्ष २०७२/७३ मै सम्पन्न भएको थियो। नापजाँच सकिए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा लालपुर्जा वितरण प्रक्रिया लामो समयदेखि रोकिएको थियो।
आवश्यक प्रक्रिया पूरा गरी नापजाँच भइसकेका जग्गामध्ये ३१० परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको नापी कार्यालय धनुषाले जनाएको छ।
लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारले आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका छन्। यसबाट वर्षौंदेखि जग्गाको स्वामित्वसम्बन्धी प्रमाणको अभाव झेल्दै आएका परिवारलाई राहत पुगेको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal