
काठमाडौं । भारतीय विद्युतीय सवारी बजारमा आकर्षण बढाउन सफल टाटा सिएरा विद्युतीय सवारी नेपाल भित्रिएको छ। नेपालमा यसको औपचारिक सार्वजनिक प्रस्तुति भदौ १० देखि १५ गतेसम्म काठमाडौंमा आयोजना हुने नाडा अटो शोमा गरिने भएको छ।
उत्कृष्ट कार्यक्षमता, अत्याधुनिक प्रविधि र आकर्षक आधुनिक डिजाइनसहित बजारमा आउन लागेको सिएरा विद्युतीय सवारीले नेपाली विद्युतीय सवारी बजारमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ। सार्वजनिक हुनुअघि नै यस सवारीप्रति नेपाली अटोमोबाइल पारखीहरूको चासो बढेको छ।
आफ्नो वर्गमा आधुनिक प्रविधि, विलासी सुविधाहरू र आकर्षक बाहिरी तथा भित्री बनोटको संयोजन रहेको सिएरा विद्युतीय सवारीलाई नेपाली बजारका लागि महत्वपूर्ण नयाँ उत्पादनका रूपमा हेरिएको छ। भारतीय बजारमा बिक्री तथा बुकिङमा राम्रो प्रतिक्रिया पाएको दाबी गरिएको यो सवारीले नेपालमा पनि ग्राहकको ध्यान तान्ने अपेक्षा गरिएको छ।
नेपाली सडकको अवस्था र चालकको आवश्यकतालाई ध्यानमा राखेर भित्र्याइएको सिएरा विद्युतीय सवारीमा आरामदायी यात्रा, प्रभावकारी सञ्चालन र मजबुत निर्माणमा जोड दिइएको छ। आकर्षक सडक उपस्थिति, राम्रो ब्याट्री क्षमता तथा आधुनिक सुरक्षा र सुविधा प्रणाली यसका प्रमुख विशेषता हुने बताइएको छ।
नाडा अटो शोमा सिएराको सार्वजनिक प्रस्तुतिसँगै नेपाली विद्युतीय सवारी बजारमा नयाँ बहस र प्रतिस्पर्धा सुरु हुने अपेक्षा गरिएको छ। सवारीप्रेमीले नाडा अटो शोमा यसको प्रत्यक्ष अवलोकन गर्न सक्नेछन्।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal