काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बिहीबारदेखि ‘टाटा कार्निभल’को चौथो संस्करण आयोजना गर्ने भएको छ । भदौ ४ देखि ७ गतेसम्म सञ्चालन हुने कार्निभलमा ग्राहकले जुनसुकै पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी खरिद गर्न सक्नेछन् ।
कम्पनीका अनुसार पुरानो गाडीलाई डाउनपेमेन्टका रूपमा प्रयोग गरी टाटा मोटर्सका नयाँ गाडी खरिद गर्न सकिनेछ । कार्निभल अवधिमा गाडी बुकिङ गर्ने ग्राहकले उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट, निःशुल्क एसेसोरिज तथा निःशुल्क होम चार्जिङ जडानजस्ता सुविधा पाउनेछन् ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा नयाँ पञ्च ईभी र नयाँ टियागो ईभी विशेष अफरसहित नेपालमा सार्वजनिक गरिएको थियो । नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ र नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
नयाँ पञ्च ईभी अत्याधुनिक ‘एक्टि.इभी’ प्लेटफर्ममा आधारित छ । यो ३२ किलोवाट घण्टा र ४० किलोवाट घण्टा क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ । नेपालमा गरिएको परीक्षणका आधारमा पूर्ण चार्जमा यसले ३०० देखि ३२५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ ।
पञ्च ईभीमा १९५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, पाँच तारे सुरक्षा मूल्यांकन, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, डीसी फास्ट चार्जिङ, आवाजबाट सञ्चालन गर्न सकिने सनरुफ, २६.०३ सेन्टिमिटरको हरमन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसलगायत सुविधा छन् ।
त्यस्तै, दैनिक आवतजावतलाई लक्षित गरी ल्याइएको नयाँ टियागो ईभीमा नयाँ बाहिरी डिजाइन तथा विभिन्न आकर्षक रङ विकल्प उपलब्ध छन् । यसमा ३६० डिग्री एचडी क्यामेरा, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट प्रणाली र ६ वटा एयरब्यागलगायत सुविधा दिइएको कम्पनीले जनाएको छ ।
सिप्रदीका अनुसार टाटा कार्निभलको चौथो संस्करणले पुरानो सवारी साधनलाई नयाँ विद्युतीय सवारीमा रूपान्तरण गर्न चाहने ग्राहकलाई एक्सचेन्ज सुविधासहित नयाँ ईभी खरिद गर्ने अवसर प्रदान गर्नेछ ।