
काठमाडौं । प्रतिनिधिसभाले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
सभामुख डोलप्रसाद अर्यालले सभाको सोमबारको बैठकमा उक्त प्रस्ताव निर्णयार्थ पेस गरेकामा बहुमतले स्वीकृत भएको थियो ।
यसअघि साउन २६ गतेको बैठकमा गणपुरक संख्या नपुगेपछि उक्त प्रस्तावसम्बन्धी कार्यसूची अघि बढ्न सकेको थिएन ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal