• Menu

दुई सांसदले उठाएको प्रश्नको ३ दिनभित्र जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

नेपाल प्रफिट

२०८३ भदौ १, सोमबार १६:३५

दुई सांसदले उठाएको प्रश्नको ३ दिनभित्र जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसद गोपाल शर्मा र आशिका तामाङले सदनमा उठाएको विषयका सन्दर्भमा तीन दिनभित्र जवाफ दिन सभामुख डोलप्रसाद अर्यालले सरकारलाई निर्देशन दिएका छन् ।

सोमबारको बैठक सञ्चालन भइरहेकाबेला समय माग गर्दै सांसद शर्माले यसअघिको बैठकमा ‘रुकुम, जाजरकोट, सल्यानलगायत भूकम्प प्रभावित क्षेत्रमा सरकारले कस्ता कार्य गरेको छ ?’ भन्ने प्रश्न गर्दै जवाफ मागैका थिए ।

सांसद तामाङले ३७ दिनअघि सदनको शून्य समयमा धादिङका सन्तोष राईको शव कम्बोडियाबाट झिकाउनु भनी सरकारसमक्ष आग्रह गरेका थिए । उक्त मुद्दाको सुनुवाइ नभएको भन्दै सांसद शर्मा र तामाङले सरकारको जवाफ माग गर्दै आज सदनमा उभिएर विरोध जनाए ।