
काठमाडौं । स्थानीय बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला चार हजार ७७० रुपैयाँ कायम भएको छ।
आइतबार छापावाल सुन प्रतितोला तीन लाख पाँच हजार २०० रुपैयाँ तथा चाँदी प्रतितोला चार हजार ७१० रुपैयाँमा कारोबार भएको थियो।
यसअनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले बढेको हो ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal