
बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएकी महिलाको शव भेटिएको छ । गएराति अविरल वर्षासँगै पहिरोले घर पुरिँदा बेपत्ता भएकी त्रिवेणी नगरपालिका-९ की २० वर्षीया प्रतीक्षा थापाको शव भेटिएको हो ।
बेपत्ता थापाको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीय खटिएका थिए । पहिरोले पुरिएको घरभित्र थापाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिए ।
पहिरोका कारण उक्त बस्तीका अन्य घर पनि जोखिममा रहेका स्थानीय दीपेन्द्र थापाले बताए । पहिरोले स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घर पूर्ण रुपमा क्षति भएको छ । पहिरोमा परी स्थानीय धर्म थापा र धौलीदेवी रावल घाइते भएका छन् । घाइते दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal