• Menu

छुसाङ-कागबेनी १० किलोमिटर सडक निर्माण सुरु, २८ करोड ८७ लाखमा सम्झौता

नेपाल प्रफिट

२०८३ साउन २८, बिहीबार १८:०८

छुसाङ-कागबेनी १० किलोमिटर सडक निर्माण सुरु, २८ करोड ८७ लाखमा सम्झौता

मुस्ताङ । छुसाङ-कागबेनी १० किलोमिटर सडक निर्माण सुरु भएको छ ।

बेनी-जोमसोम-कोरला सडक आयोजनाले २८ करोड ८७ लाखमा सम्झौता गरी उक्त सडक निर्माण थालेको हो । २०८४ साल असार २४ गतेसम्म उक्त खण्डको निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको आयोजनाका प्रतिनिधि सागर सुवेदीले जानकारी दिए ।

आयोजनाले जोमसोम-कोरला सडकखण्डको छुसाङदेखि घमीसम्मको ४२ किलोमिटर सडकको कालोपत्र पुरा गर्न टेण्डर आव्हान गरी सकेको छ । उक्त खण्डको लागद दुई अर्ब रहेको छ ।