
रौतहट । रौतहटको यमुनामाई गाउँपालिका-५ मा कल्भर्टमा डुबेर एक बालकको मृत्यु भएको छ ।
घरदेखि करिब एक किलोमिटरको दुरीमा रहेको कल्भर्टमा डुबेर स्थानीय ६ वर्षीय खुसी आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए ।
आलम बिहीबार साँझ साथीहरुसँग खेल्न गएका थिए । उनी घर नफर्किएपछि खोज तलाश गर्ने क्रममा आज डुबेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक गौतमले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal