• Menu

मानवजस्तै जीवजन्तुको पनि बाँच्ने अधिकार छ : कृषिमन्त्री

नेपाल प्रफिट

२०८३ साउन २२, शुक्रबार १६:२०

मानवजस्तै जीवजन्तुको पनि बाँच्ने अधिकार छ : कृषिमन्त्री

चितवन । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव वन्यजन्तुबीचको सहअस्तित्व जोगाउनका लागि हात्ती सेन्चुरी कार्यक्रम सञ्चालन गर्न लागिएको बताएकी छन् ।

शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले मानवको बाँच्ने अधिकार जस्तै वन्यजन्तुको पनि हुने बताइन् । उनले भनिन्, ‘जति मानवलाई बाँच्ने अधिकार छ, त्यति जीवजन्तुलाई पनि स्वतन्त्रता र बाँच्ने अधिकार छ । उनीहरुलाई सुरक्षित स्थानमा रही बाँच्न पाउने अधिकार रक्षाका लागि हात्ती सेन्चुरी मनाउन लागिएको छ ।’

हात्ती सेन्चुरीजस्तै टाइगर सेन्चुरी पनि मनाउने सोचमा सरकार रहेको बताउँदै मन्त्री चौधरीले यस्ता कार्यक्रमले पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

उनले भनिन्, ‘सरकारले मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि विभिन्न कार्यक्रम अघि बढाएको छ ।’

मन्त्री चौधरीले अहिले सरकारले विगतका वर्षमा वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाएका तथा अङ्गभङ्ग भएकाहरुलाई राहत दिने काम गरिरहेको जानकारी दिइन् ।