
पर्सा । खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापासँगको कुराकानीमा उक्त कुरा बताएका हुन् ।
बजारमा ग्यासको अभाब गराउनेलाई ‘कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२’ एवं ‘उपभोक्ता संरक्षण ऐन, २०७५’ बमोजिम मालसामान जफत, भारी जरिवाना र जेल सजायसमेतको कडा कानुनी कारबाही गर्न सकिने व्यवस्था छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal