• Menu

देवानगन्ज घटनाका मृतकका परिवारलाई दुई लाख र पीडितलाई ५० हजार राहत दिने कोशी प्रदेश सरकारको निर्णय

नेपाल प्रफिट

२०८३ साउन १५, शुक्रबार १३:२७

देवानगन्ज घटनाका मृतकका परिवारलाई दुई लाख र पीडितलाई ५० हजार राहत दिने कोशी प्रदेश सरकारको निर्णय

सुनसरी । कोशी प्रदेश सरकारले देवानगन्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार उक्त घटनामा ज्यान गुमाएकाका परिवारलाई राहतस्वरूप जनही दुई लाख उपलब्ध गराउने निर्णय भएको छ ।

साथै, घाइते तथा घर, पसललगायतमा आगजनीबाट पीडित परिवारलाई ५० हजार प्रदान गरिने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो ।