
पर्सा । प्रमुख जिल्ला अधिकारी भोला दाहालले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमार्फत धार्मिक वा सामाजिक द्वेष फैलाउने, उत्तेजना बढाउने वा शान्ति सुरक्षामा आँच पुर्याउने भ्रामक समाचार, अफवाह, फोटो वा भिडियो पोस्ट, लाइक, कमेन्ट वा सेयर नगर्न आग्रह गरेका छन् ।
पर्सा जिल्लाका अधिकारी दाहालले सर्वसाधारण व्यक्तिहरुलाई आवश्यकता नपरी घर बाहिर ननिस्कन र जुलुसमा सहभागी नहुनसमेत अनुरोध गरेका छन् ।
अधिकारी दाहालले भावनामा बगेर कानुन हातमा लिने वा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने कार्य पूर्णतः दण्डनीय हुने बताउँदै त्यसो नगर्न पनि अपिल गरेका छन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal