
झापा । बुद्धशान्ति गाउँपालिका-६ स्थित सिँचाइका लागि बनाइएको नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक रञ्जन अवालले बिहीबार दिउँसो करिब १:३० बजे बुद्धशान्ति-६ टिमाइ खोलास्थित कप्तान जनसमूहको सिँचाइ नहरमा डुबेर बुद्धशान्ति गाउँपालिका-४ आइतबारे निवासी बुद्धिमान लिम्बूका १० वर्षीय छोरा विषम लिम्बूको मृत्यु भएको जानकारी दिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरीचौकी मंगलबारेबाट प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर कटुवालको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal