
काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको भाउ बढेको छ । मंगलबारको तुलनामा सुन तोलामा एक हजारले घटेको छ भने चाँदी १० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ३२० कायम भएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ३१० कायम भएको थियो ।
गत सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको चाँदी चार हजार ४४५ मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार २९ र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal