
काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले ग्राहकको सुरक्षालाई प्राथमिकतामा राख्दै पुराना होन्डा कारका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकोल’ अभियान सञ्चालन गरेको छ।
कम्पनीका अनुसार सन् २००१ देखि २०१४ बीच उत्पादन भएका केही होन्डा मोडलमा प्रयोग गरिएको एसआरएस एयरब्याग इन्फ्लेटर (SRS Airbag Inflator) मा सम्भावित प्राविधिक समस्या देखिन सक्ने भएकाले उक्त अभियान सञ्चालन गरिएको हो।
अभियानअन्तर्गत सिटी, सिभिक, सीआर-भी, ज्याज, इन्साइट, स्ट्रिम र एकर्ड मोडलका गाडी समावेश छन्। ग्राहकले आफ्नो गाडी यो अभियानमा समावेश छ वा छैन भन्ने जानकारी होन्डाको आधिकारिक वेबसाइटमार्फत पनि जाँच गर्न सक्ने कम्पनीले जनाएको छ।
यस अभियानअन्तर्गत प्रभावित सवारीसाधनको एयरब्याग परीक्षण तथा आवश्यक परे इन्फ्लेटर प्रतिस्थापन पूर्ण रूपमा निःशुल्क गरिनेछ। यसका लागि ग्राहकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन।
सम्भावित जोखिम न्यूनीकरण गर्दै सुरक्षित यात्रा सुनिश्चित गर्न कम्पनीले सम्बन्धित ग्राहकलाई नजिकको होन्डा आधिकारिक सेवा केन्द्रमा सम्पर्क गरी गाडीको एयरब्याग परीक्षण गराउन आग्रह गरेको छ।
सेवा बुकिङ तथा थप जानकारीका लागि ग्राहकले स्याकार ट्रेडिङ कम्पनी प्रालि (होन्डा कार सेवा केन्द्र), धोबीघाट, ललितपुरमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal