• Menu

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

नेपाल प्रफिट

२०८३ असार २४, बुधबार १५:३८

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको बोलकबोलका लागि आह्वान गरेको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक सूचना जारी गरेर ऋणपत्र २०८४ ‘च’ अनलाइनमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउने जनाएको छ । काउन्टरपार्टीले ऋणपत्र बोलकबोलमा कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा ४ अंकसम्मण उल्लेख गर्नुपर्ने बताइएको छ ।

राष्ट्र बैंकले न्यूनतम पाँच करोड र बढीमा पाँच करोडले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने जनाएको छ ।