काठमाडौँ । सुनको मूल्य आज सोमबार प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार एक लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा आजका लागि एक लाख ४१ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको हो ।
यस्तै, तेजाबी सुन आइतबार एक लाख ४० हजार दुई सयमा कारोबार भएकोमा आजका लागि एक लाख ४१ हजार एक सय निर्धारण गरिएको महांघले जनाएको छ ।
चाँदीको मूल्य पनि आज तोलामा ३० रुपैयाँ बढेको छ । आइतबार एक हजार ९१० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि एक हजार ९४० रुपैयाँ निर्धारण भएको हो ।