• Menu

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदै छ कारोबार ?

नेपाल प्रफिट

२०८१ वैशाख ३०, ११:४३

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । सुनको मूल्य आइतबार प्रतितोला पाँच सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ३७ हजार ९ सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ३८ हजार चार सय निर्धारण भएको हो ।

त्यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भएकोमा आजका लागि एक लाख ३७ हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला एक हजार ७३५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि एक हजार ७२५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।