काठमाडौं । एनएमबी बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद (करसहित) गरी १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९ रुपैयाँ छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले पाउनेछन् ।
प्रस्तावित लाभांश गत वर्षको भन्दा धेरै हो । बैंकले गत वर्ष ८.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।