• Menu

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

नेपाल प्रफिट

२०८२ मंसिर ५, शुक्रबार १०:४९

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । सुपर मादी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चित नाफाबाट हाल कायम चुक्ता पुँजीको ५.२६४२ प्रतिशत लाभांश घोषणा गरेको हो ।

प्रस्तावित लाभांशमा ५ प्रतिशत बोनस तथा ०.२६४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) समावेश छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड ५० लाख रुपैयाँ छ ।

सञ्चालक समितिद्वारा प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति तथा कम्पनीको १६औं वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्