• Menu

धरानमा जारी बुढासुब्बा गोल्डकपको टिकट आईएमई पेबाट काट्न सकिने

नेपाल प्रफिट

२०८० फागुन २८, ०९:५०

धरानमा जारी बुढासुब्बा गोल्डकपको टिकट आईएमई पेबाट काट्न सकिने

काठमाडौं । धरानमा जारी प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता हेर्न आइएमई पेबाट टिकट काट्न सकिने भएको छ ।

फागुन २६ गते शनिबारदेखि सुरु भएको बुढासुब्बा गोल्डकप फुटबलको २४औं संस्करणको टिकट लिन सहज बनाउने उद्देश्यले आईएमई पे आयोजकबीच सहकार्य भएको हो ।

चैत ३ सम्म चल्ने प्रतियोगिता अवधिभर आईएमई पेबाट टिकट काट्न सकिनेछ । यसपटकको बुढासुब्बा गोल्डकपमा ८ क्लब सहभागी छन् ।

नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ‘आईएमई पे’ मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवाप्रदायक हो ।

आईएमई पेले २० लाखभन्दा धेरै ग्राहकलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरुमार्फत विद्युतीय भुक्तानी सेवा दिइरहेको जनाएको छ ।