• Menu

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख २३ हजार ५ सयमा कारोबार

नेपाल प्रफिट

२०८० फागुन २३, बुधबार १२:३२

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख २३ हजार ५ सयमा कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । लगातार बढिरहेको सुनको मूल्य बुधबार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो ।

मंगलबार प्रतितोला १ लाख २३ हजार रूपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार ५ सय रुपैयाँले बढेर १ लाख २३ हजार ५ सय रुपैयाँ पुगेको छ ।

छापावाल सुन बुधबार प्रतितोला १ लाख २३ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख २२ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँ घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ४४० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ४४५ रूपैयाँमा कारोबार भएको थियो ।