• Menu

महासंघ कार्यकारिणी समिति सदस्यमा भरतराज आचार्य मनोनित

नेपाल प्रफिट

२०८० फागुन २२, २०:३६

महासंघ कार्यकारिणी समिति सदस्यमा भरतराज आचार्य मनोनित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा भरतराज आचार्य मनोनित भएका छन् ।

महासंघको विधानको दफा ३४.१ को खण्ड (ण) र दफा ३४.६ अनुसार आचार्यलाई अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यकारिणी समिति सदस्यमा मनोनित गरेका हुन् ।

आचार्यलाई महासंघ अध्यक्ष ढकालले मंगलबार पद तथा गोपनीयताको शपथ गराएका छन् । आचार्य उत्पादनमूलक उद्योग, व्यापारलगायतका क्षेत्रमा संलग्न छन् ।

यसअघि दुइ कार्यकाल कार्यकारिणी समिति सदस्य रहिसकेका आचार्यले महासंघमा रोजगारदाता परिषदको उप–सभापति एवं उद्योग समितिको सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।