काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ७० हजार ५ सय रुपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजार पनि प्रभावित भएको हो। बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २९१३.६३ डलरमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । मंगलबार १९ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ३० रुपैयाँले वृद्धि भई २ हजार रुपैयाँ प्रतितोला निर्धारण गरिएको महासंघले जनाएको छ।