काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार १ लाख ७० हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले नेपाली बजार पनि प्रभावित भएको हो। आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २९११.१७ डलरमा कारोबार भइरहेको छ।
शुक्रबार प्रतितोला १९ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार १९ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।