• Menu

सुनचाँदीको मूल्य वृद्धि, सुन प्रतितोला १ लाख ७० हजार नाघ्यो

नेपाल प्रफिट

२०८१ फागुन २२, ११:४५

सुनचाँदीको मूल्य वृद्धि, सुन प्रतितोला १ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला तीन सय रुपैयाँले बढेर १ लाख ७० हजार सात सय रुपैयाँ पुगेको छ ।

बुधबार प्रतितोला १ लाख ६९ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य अन्तर्राष्ट्रिय बजारको प्रभावले बढेको महासंघले जनाएको छ । हाल विश्वबजारमा सुन प्रतिऔंस २,९१७.४५ डलरमा कारोबार भइरहेको छ ।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। बुधबार १,९५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबारका लागि १,९८५ रुपैयाँ तोकिएको छ ।