• Menu

एनसेलले ल्यायो ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ अफर

नेपाल प्रफिट

२०८१ फागुन ११, ११:३४

एनसेलले ल्यायो ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ अफर

काठमाडौं । एनसेलले बढ्दो मोबाइल डेटाको मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ गरी दुई डेटा प्याकहरु सञ्चालनमा ल्याएको छ । यी प्याकहरू ग्राहकलाई सधैं अन राख्न योगदान पुर्‍याउने कम्पनीको प्रतिबद्धताअनुरुप ल्याइएका हुन् ।

करसहित ९० रुपैयाँ शुल्क रहेको ९० अनलिमिटेड योजनाअन्तर्गत ग्राहकले दुई दिनसम्म मोबाइल डेटाको अनलिमिटेड मोबाइल इन्टरनेटको भरपुर फाइदा लिन सक्छन् । ग्राहकलाई डेटा सहजताको अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको यो अफरले अनलिमिटेड इन्टरनेट प्रयोगको सुविधा सुनिश्चित गर्छ, जसले ग्राहक उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवामार्फत सहजै सम्पर्कमा रहन सक्छन् ।

यो अफर विषेशत: छोटो अवधिका लागि बिना झन्झट इन्टरनेट पहुँच खोज्ने प्रयोगकर्ताका लागि उपयुक्त विकल्प हो । ग्राहकले एनसेल एपमार्फत वा *१२३*४*१*४# डायल गरेर यो ‘९० अनलिमिटेड’ प्याक लिन सक्छन् । कामका लागि होस् वा मनोरञ्जनका लागि, फिल्म होस् वा अनलाइनमार्फत गीतसंगीतको आनन्द लिन वा सामाजिक सञ्जाल जोडिन, यो प्याकले ४८ घण्टासम्म कुनै पनि डेटा सीमा बिना निर्बाध इन्टरनेट सेवा प्रदान गर्छ ।

यस्तैगरी, ‘५० डेटा’ प्याकअन्तर्गत ग्राहकले १.१ जीबी मोबाइल डेटा भोल्युम करसहित मात्र ५० रुपैयाँमा पाउन सक्छन् । यो डेटा तीन दिनसम्म मान्य रहन्छ । सुलभ शुल्कमा लामो तीन दिनसम्म प्रयोग गर्न सकिने सुविधा भएकोले यसले डेटा चाहिने तर थोरै प्रयोग गर्ने ग्राहकलाई विशेष महत्व राख्छ ।

ग्राहकले एनसेल एपबाट वा *१२३*४*२*१# डायल गरेर सजिलै यो प्याक खरिद गर्न सक्छन् । यो प्याक इन्टरनेट ब्राउजिङ, मोबाइलमार्फत डिजिटल कारोबार गर्न तथा स्पोटिफाइ जस्ता प्लेटफर्महरूमा गीतसंगीतको मजा लिनेलगायतका कार्यका लागि उपयुक्त छ ।

विशेषगरी छोटो-छोटो अवधिका लागि डेटा लिन चाहने ग्राहकका लागि डिजाइन गरिएका यी नयाँ डेटा अफर अनलिमिटेड इन्टरनेट होस् वा भोल्युममा आधारित सजिलो इन्टरनेट पहुँच दुवै वर्गका ग्राहकका लागि लाभदायी हुने एनसेलले जनाएको छ ।