काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १९ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य आज मंगलबारका लागि १ लाख ६४ हजार ७ सय रुपैयाँ निर्धारण भएको हो ।
महासंघका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २८१६.०५ डलरमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदीको मूल्य ३५ रुपैयाँ बढेको छ । सोमबार प्रतितोला १८ सय ९५ रुपैयाँका दरले कारोबार भएको चाँदी आजका लागि १९ सय ३० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।