• Menu

राइड सेयरिङलाई सरकारले दियो उद्योगको मान्यता

नेपाल प्रफिट

२०८० माघ २४, बुधबार १०:४५

राइड सेयरिङलाई सरकारले दियो उद्योगको मान्यता

काठमाडौं । निकै लामो रस्साकस्सीपछि सरकारले राइड सेयरिङलाई उद्योगको मान्यता दिएको छ । औद्योगिक व्यवसाय ऐन २०७६ मा संसोधन गर्दै राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिइएको हो ।

माघ १८ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राइड सेयरिङ सेवालाई औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ६५ ले दिएको अधिकार प्रयोग गरी ऐनको अनुसूची-८ को क्रमसंख्या ६६ थप गर्दै मान्यता दिएको हो ।

कानुनले सेवामूलक उद्योगको मान्यता दिएपछि अब राइड सेयरिङ एपहरू विभागमा दर्ता गर्नुपर्ने हुन्छ । ऐनमा आधारित भई यस्ता कम्पनीले व्यवसाय दर्ता गरी सञ्चालन गर्ने सक्नेछन् ।

कानुनी मान्यता प्रदान भएसँगै राइड सेयरिङ एपलाई नियमन गर्न सरकारलाई पनि सहज हुने भएको छ । राइड सेयरिङ एपलाई यातायात ऐनबाट पनि मान्यता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात विधेयक २०८० तयार पारेको छ ।

नेपालमा इन ड्राइभ, पठाओ, टुटललगायतले राइड सेयरिङ व्यवसाय गर्दै आएका छन् । तर, कानुन नहुँदा अनेकन् झन्झट व्यहोर्दै आएका थिए । उनीहरुले राइड सेयरिङलाई कानुनी मान्यता दिन माग गर्दै आएका थिए ।

सरकारले पनि गलत गर्नेलाई कानुनी दायरामा ल्याउन सकेको थिएन । कानुन बनेसँगै अब त्यस्ता एपलाई करको दायरामा ल्याउन पनि सहज भएको छ