काठमाडौं । सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँ बढेको छ ।
नेपाली बजारमा मंगलबार प्रतितोला १ लाख ५५ हजार ४ सय रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य आज बिहीबारका लागि १ लाख ५६ हजार ६ सय रुपैयाँ निर्धारण भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजार पनि प्रभावित भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २६ सय ९७ डलरमा कारोबार भइरहेको छ।
बिहीबार चाँदीको मूल्य पनि ५० रुपैयाँ बढेको छ । बुधबार प्रतितोला १८ सय ३० रुपैयाँका दरले कारोबार भएको चाँदी आजका लागि १८ सय ८० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।