• Menu

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

नेपाल प्रफिट

२०८१ पुस ११, १०:५६

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं । सुनको मूल्य बिहीबार प्रतितोला ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आजका लागि एक लाख ५० हजार ३ सय रुपैयाँ निर्धारण भएको हो ।

बिहीबार चाँदीको मूल्य स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।