काठमाडौं । सुनको मूल्य मंगलबार स्थिर छ भने चाँदीको बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्य निर्धारण भएको हो ।
आज चाँदीको मूल्य प्रतितोला एक हजार ८०५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो ।